७ साउन, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बालविकास समाजलाई एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकको केन्द्रीय यकार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकले उक्त रकम बराबरको चेक मंगलवार संस्थालाई हस्तान्तरण गरेको हो ।
उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कुरा सो संस्थाले जानकारी दिएको छ । बिगत ९ वर्षदेखि बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुरुप सामाजिक रूपान्तरणका लागि कार्य गर्ने बाल विकास समाजलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।


