काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका सुनिलबहादुर थापासहित ३१ नेता तथा कार्यकर्ता नेपाली काग्रेश प्रवेश गर्ने भएका छन् । स्रोतका अनुसार १३ गते (मंगलबार) नेपाली काँग्रेस प्रवेश गर्ने तयारीमा रहेका छन् । राप्रपाका अन्य ३० जना नेतासहित पार्टी परित्याग गरेका थापालाई काँग्रेसले सहमहामन्त्री र पाँच जना केन्द्रीय सदस्य दिने सहमति भएको काग्रेश स्रोतले खुलासा गरेको छ ।
थापालाई सहायक महामन्त्री दिने तयारी भएको समय बृजलाल यादव, सिन्धुपाल्चोकका विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत र काठमाडौंका किरण गिरीलाई केन्द्रीय सदस्य दिने भित्री तयारी भएको छ ।
सभापति शेरबहादुर देउवाले मंगलबार पार्टी कार्यालय सानेपामा एक कार्यक्रमकाबीच थापा समूहलाई काँग्रेसमा समाहित गराउने भित्री तयारी गरेका छन् । केन्द्रमा थापा सहितका नेतालाई भित्राएपछि धनकुटा लगायतका अन्य क्षेत्रमा समेत पाटी प्रबेश गराउँने तयारी भएको ति नेताले बताए । राप्रपा परित्याग गर्नेहरुमा धनकुटा, सिन्धुपाल्चोक, बारा, धनुषा, सर्लाही लगायतका जिल्लाका कार्यकर्ताहरु समेत रहेका छन् ।
राप्रपाबाट राजीनामा दिनुअघि काग्रेशमा उपसभापती विमलेन्द्र निधिसँग छलफल गर्दे आएका छन् । शनिबार नेता थापासहित ३१ नेताले राप्रपाका अध्यक्षत्रयलाई संयुक्त राजीनामा दिएका थिए । राप्रपा धनकुटाका जिल्ला अध्यक्ष लक्ष्मी सुब्बासहित जिल्ला कार्य समिति धनकुटाका सम्पूर्ण सदस्यहरुका साथै नगर, गाउँ, क्षेत्रीय इकाइ समितिहरु पनि काँग्रेसमा समायोजन गराउँदै छन् । योसँगै राप्रपाका संस्थापक स्वर्गीय नेता सूर्यबहादुर थापाको गृहजिल्ला धनकुटा राप्रपाविहीन हुने भएको छ ।
पूर्व उद्योग वाणिज्यमन्त्री समेत थापाको नेतृत्वमा राजीनामा बुझाएका ३१ जनाको सूचीमा धनकुटाका सबै कार्यसमितिहरुले पनि राप्रपा परित्याग गरेको उल्लेख छ ।


