कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको १६ लाख नेपाली रुपैया सहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।
सुनको अबैध करोवार गर्दे आएका उनीलाई भारतबाट नेपाल आउँदै गरेका उनी विशेष सुराकीका आधारमा ठकुरापुर गोब्ली बगैँचाबाट हिजो साँझ पक्राउ गरिएको हो । उनको साथबाट एक हजार दरका एक÷एक सय थानका १२ गड्डी र ५०० दरका एकरएक सय थानका आठ गड्डि बरामद गरिएको छ ।
पक्राउ परेका सोनार र उनीबाट बरामद भएको रकम सुनौली भन्सार कार्यालयमा बुझाइएको छ ।यसैबीच कपिलवस्तुको डालपुरस्थित सशस्त्र प्रहरीले ट्र्याक्टरसहित एक ट्रली मटरको दाल नियन्त्रणमा लिएको छ । मङ्गलबार राति करिब ८ बजे ट्र्याक्टरमा लोड गरी भारतीय सीमातर्फ लैजाँदै गर्दा करिब २०० बोरा मटरको दाल र ट्र्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कृष्णनगर गुल्मका प्रमुख सुशीलकुमार शाहीले जानकारी दिए ।


