वीरगञ्ज – वीरगञ्जमा थप एक जना ४६ बर्षिय पुरुषको कोरोना संक्रमणका कारण बुधबार बिहान मृत्यु भएको हो ।
वीरगञ्ज महानगरपालिका १५ निवासी पुरुषको उपचारको क्रममा बुधबार बिहान ६ बजे वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।
ज्वरो आएपछि मंगलबार मात्रै उलाई अस्पतालमा भर्ना गरिएको थियो । साउन १८ गते ती पुरुषको स्वाब संकलन गरिएकोमा १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो मृत्युसँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ६० पुगेको छ ।


