देशभर आइतबारको मौसममा सामान्य देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार राति पनि देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।
महाशाखाका अनुसार अहिले बिहान पनि कतिपय स्थानमा भारी वर्षा भइरहेको छ । देशका अधिकांश भूभागहरुमा सामान्य देखि पूर्ण बदली रही प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम केही स्थानहरुमा भारी वर्षा पनि भैरहेको मौसमविदले जनाएका छन् ।
प्रदेश नम्बर १, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नम्बर २ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।


