Banijya News

भारततर्फका सीमा नाकामा थप कडाई, १० स्थानबाट मात्र आउन पाइने (सूची सहित)

1
1.0K Shares

सरकारले भारततर्फका सीमा नाकाबाट आवतजावतमा फेरि कडाइ गरेको छ । कोरोना संक्रमितहरु बढ्नथालेपछि सरकारले थप कडाई गरेको हो ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले भारततर्फका १० नाकाबाट मात्रै नेपाल आउन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए ।भारतबाट स्थल हुँदै नेपाल आउने नेपालीहरुले अब यी नाकाहरुबाट मात्र प्रवेश पाउनेछन्।

प्रवक्ता खतिवडाका अनुसार निम्न नाकाबाट मात्र नेपाल प्रबेश गर्न पाईने छ ।

  • काँकडभिट्टा (झापा),
  • रानी (मोरङ),
  • मादर (सिरहा),
  • गौर (रौतहट),
  • वीरगञ्ज (पर्सा),
  • बेलहिया(रुपन्देही),
  • कृष्णनगर (कपिलवस्तु),
  • जमुनाहा (बाँके),
  • गौरीफन्टा (कैलाली)
  • गड्डाचौकी (कञ्चनपुर)

1

Scroll to Top