उदयपुरबाट उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु अस्पतालमा उपचारको लागि जादाँ गरेको परीक्षणमा कोरोना देखाएको हो ।
शल्यक्रिया गर्नुपर्ने रोग लागेकी श्रीमतीको उपचारका लागि श्रीमान पनि संगै आएका थिए । प्रतिष्ठानमा शल्यक्रिया गर्नुपर्ने भएपछि पिसिआर परीक्षण गर्दा श्रीमतीको रिपोर्ट कोरोना पोजेटिभ देखिएको हो । श्रीमतीको कोरोना पोजेटिभ आएपछि श्रीमानको पनि स्वाव संकलन गरेर पिसिआर परीक्षण गर्दा उनको पनि पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।
कोरोना संक्रमण देखिएपछि उनीहरु दुबै दम्पतीलाई प्रतिष्ठानको आइशोलेसन वार्डमा राखिएको छ भने उनीहरु बसेको होटललाई पनि शिल गरेर होटल संचालकका परिवार र सम्पर्कमा आएका सबैको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर प्रतिष्ठानमा पठाइएको छ ।


