दूरसञ्चार कार्यालय वीरगंजमा कार्यरत एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
एक सातादेखि ज्वरो, सुक्खा खोकी र निमोनियाबाट पीडित वीरगज १५ लक्षुमानवा घर भएका उनको आज बिहान अचानक अवस्था बिग्रिन थालेपछि नारायणी अस्पतालमा भर्ना गरी उपचार गरिरहेको अवस्थामा दिउँसो २ बजे मृत्यु भएको थियो ।
स्वाब परीक्षण गर्दा राति ८ बजे उनको रिपोर्ट पोजिटिभ आएको हो । उनी एक सातादेखि घरमै औषधि उपचार गराउदै आएका थिए ।


