Banijya News

कोरोनाबाट ६ जनाको मृत्यु, ज्यान गुमाउने पुगे १ सय २१

1
1.0K Shares

काठमाडौं । पछिल्लो पटक कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । धरान, ललितपुर, चितवन, वीरगञ्जमा गरी ६ जनाको मृत्यु भएको हो । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर– १५ की ७१ बर्षिया महिलाको बुधबार वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।


महिला दम र मुटुको दिर्घ रोगी उनको उपचारको क्रमिमा मृत्यु भएको हो । प्रतिष्ठानमै उपचारका क्रममा मोरङको बुढिगंगा गाँऊपालिका वडा नम्बर– २ की ६७ बर्षिया महिलाको निधन भएको थियो ।


त्यस्तै, भक्तपुरकी एक संक्रमित महिलाको पनि पाटन अस्पतालमा मृत्यु भएको छ । भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको छ । यस्तै, वीरगंजमा हिजो मृत्यु भएका एक ६० वर्षीय वृद्धको मृत्यु पश्चात गरिएको परीक्षणमा कोरोना पजेटिभ आएको छ ।

यसैगरी, वीरगन्जकै नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका– ४ विर्ता निवासी ८४ वर्षीय पुरुषको पनि मंगलबार राती मृत्यु भएको छ । उता, चितवनको खैरेनी नगरपालिका गोठेश्वरका १ सय ८ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु हो । उनको मृत्यु पश्च्यात कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २१ पुगेको छ ।

1

Scroll to Top