होल्डिङ सेन्टरमा रहेका यात्रु बोक्न पाउनुपर्ने माग गर्दै यातायात व्यवसायीले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन्। लामो समयदेखि बन्द रहँदै आएको सार्वजनिक यातायात खोल्न व्यवसायीले माग गरेका हुन् ।
होल्डिङ सेन्टरमा रहेका यात्रुहरुलाई सम्बन्धित स्थानमा पुर्याउनका लागि सम्बन्धित प्रदेशको यातायात प्रालिलाई जिम्मा दिनुपर्नेलगायत माग राख्दै महासंघले यातायात विभागका महानिर्देशकलाई ज्ञापनपत्र समेत बुझाएको छ। बुझाइएको ज्ञापनपत्रमा महासंघले यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न र तत्काल सवारी संचालन गर्न माग गरेको छ ।
आफूहरुका माग पूरा नभए कडा आन्दोलनका कार्यक्रम अघि सार्ने उनीहरुले बताएका छन्।


