आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य बुधबार ९६ हजार ४ सय रुपैयाँ कायम गरिएको हो ।
आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रहेको छ ।
आज चाँदीको भाउ १ हजार ३ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


