पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नम्वर १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पीपीइ वितरण गरेका छन् ।
आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालमाका स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर सहयोग गरेका हुन् । एक कार्यक्रमकाबीच पूर्वप्रधानमन्त्री खनालले इलाम अस्पतालका प्रमुख डा. प्रभु शाहलाई सो सामग्री हस्तान्तरण गरे ।
जिल्लामा कोरोनाविरुद्धको लडाइँका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै आएका उनले यसअघि समेत जिल्लाको सूर्योदय नगरपालिकालाई सामग्री हस्तान्तरण गरेका थिए । रासस


