Banijya News

दुई महिनामा १ अर्ब १६ करोड माथिको प्याज आयात

1
1.0K Shares

काठमाडौं । देशमा प्याजको उत्पादनमा नगन्य हुँदा विदेशबाट आयात बढेको छ । बजारमा प्याजको मूल्यमा दिन दुईगुण रात चौगुण बढेको समय नेपालमा प्याजको आयात पनि बढेको हो । आर्थिक वर्ष २०७७÷०७८ को पहिलो दुई महिनामा १ अर्ब १६ करोड २५ लाख ६० हजारको प्याज आयात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार साउन र भदौ महिनामा मात्रै ३ करोड १४ लाख ९२ हजार ७२१ केजी प्याज आयात भएको हो ।
सरकारले प्याज आयातबाट मात्र सरकारले १० करोड ४८ लाख ३९ हजार भन्सार राजस्व संकलन गरेको छ । भन्सार विभागका अनुसार सबैभन्दा बढी प्याज भारतबाट आएको छ ।

1

Scroll to Top