Banijya News

फेरि ९ बटा स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध, विषाक्त रसायन मिथानेल भएकाले प्रयोग नगर्न सुझाब

1
1.0K Shares


काठमाडौं–विषाक्त रसायन मिथानेल भेटिएपछि औषधि व्यवस्था विभागले थप ९ वटा स्यानिटाइजरमा फेरि प्रतिबन्ध लगाएको छ । यसअघि पनि विभागले ९ वटा स्यानिटाइजरमा प्रतिबन्ध लगाएकोमा फेरि सोही परिमाणका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको हो ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने देखिएपछि विभागले थप सेनिटाइजनरमा प्रतिबन्ध लगाएको हो । विभागले यस्ता स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण अविलम्ब रोक्का राख्न सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गर्दे सूचना जारी गरेको छ ।


प्रतिबन्ध लगाइएका स्यानिटाइजरमा नेपालमै उत्पादित ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडांैको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर तथा कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर (पहेंलो रंगको) रहेका छन् । कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर (५०० मिलि) र ५ लिटर रहेका छन् ।


यस्तै, भारतीय कम्पनी आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रीज पर्साद्वारा रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर शिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब, र क्लिन ह्याण्ड स्यानिटाइजर रहेका छन् ।

1

Scroll to Top