नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष र सचिवलाई कोभिड १९ को संक्रमण भएको छ। अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना भाइरसको संक्रमण भएको हो।
कोरोना संक्रमण देखिएपछि अहिले दुवै जना होम आईसोलेसनमा बसेका छन्।
दुवै जनाको स्वास्थ्य सामान्य रहेको क्यानले जनाएको छ।
चितवनमा भएको क्यानको केन्द्रीय समितिको बैठकमा दुवै जना गत असोज ६ गते सहभागी भएका थिए।


