असोज १८, काठमाडौं ।
नेताहरुमा कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यलय आइतबार (आज) देखि बन्द गरिएको छ । केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएपछि असोज २२ गतेसम्म कार्यालय बन्द गर्ने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
कांग्रेसले असोज १५ गते केन्द्रीय सदस्य लगायत २ सय ५० जनाको स्वाब परीक्षणका लागि टेकुस्थित ल्याबमा पठाइएकोमा ५ जना केन्द्रीय सदस्यको रिपोर्ट शनिबार पोजेटिभ आएको थियो । करिब एक सय ६० जनाको रिपोर्ट अझै आउन बाँकी छ ।
नेताहरुमा कोरोना देखिएसँगै फागुनमा तोकिएको १४ औं महाधिवेशन निर्धारित समयमै गर्न सकिन्छ कि कार्यतालिका हेरफेर गर्नुपर्छ भन्ने एजेन्डा लगायतमा छलफल गर्न बोलाइएको केन्द्रीय समिति बैठक पनि अन्यौलमा परेको छ ।


