राजधानी उपत्यकामा दैनिक जासो कोरोना संक्रमति थपिने क्रम बढेर गएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १३ सय ७३, भक्तपुरमा ३९ र ललितपुरमा १ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।


