प्रदेश ५ को स्थायी राजधानी र नामकरणका विषयलाई लिएर नेकपा निकट ३५ विभिन्न व्यवसायी संघ, सामाजिक संस्था प्रतिनिधीहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।
आज बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले बुटवलबाट राजधानी सार्ने प्रस्ताव सभाले पारित गरे सामूहिक राजीनामा दिने घोषणा गरेका हुन् ।
उता प्रस्तावलाई लिएर प्रमुख प्रतिपक्ष दल कांग्रेसले सदनमा कुर्सी, टेबुल र माइक तोडफोड गरेको थियो।


