Banijya News

सुनको मुल्य एकै दिन ८ सय रुपैयाँले घट्यो

1
1.0K Shares

असोज २१, काठमाडौं ।
नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । मंगलबार एकै दिन ८ सयले बढेको सुनको मुल्य पुन बुधबार तोलामा ८ सय रुपैयाँले घटेको हो ।

बुधबार छापावाला सुन तोला ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको आजको मूल्य ९३ हजार ६ सय कायम गरिएको छ । यस्तै चाँदीको भाउ पनि आज घटेको छ । आज चाँदी २५ रुपैयाँले घट्दै १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

1

Scroll to Top