Banijya News

वैदेशिक रोजगारमा जानको लागि आइतबार मात्रै ३ सय ८८ जनाले लिए श्रम स्वीकृति

1
1.0K Shares

असोज २५, काठमाडौं ।
आइतबार मात्रै ३ सय ८८ जना नेपालीले विदेश जानको लागि श्रम स्वीकृति लिएका छन् । सरकारले विदेशबाट बिदामा घर आएका, करार अवधि र भिसा रहेका नेपालीलाई कोरोना परीक्षण र स्वास्थ्य सम्बन्धि प्रोटोकल पालना गरी विदेश जान दिने निर्णय गरेसँगै आइतबार मात्रै ३ सय ८८ जनाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयले जनाएको छ ।

आइतबार कार्यालयले विभिन्न देशका लागि ३ सय ७७ जना पुरुष र ११ जना महिलालाई पुनः श्रम स्वीकृति दिएको हो । कोरोनाका कारण बिदामा नेपाल फर्किएका तथा करार अवधि बाँकी रहेका र नयाँ श्रम स्वीकृति लिएका हुन् । कोरोना भाइरसको महामारीको कारण करिब चार महिनादेखि रोकिएको श्रम स्वीकृति असार १८ बिहीबारदेखि खुला गरिएको थियो ।

आइतबार स्वीकृति लिनेमा सबैभन्दा धेरै साउदी अरब हो । साउदी अरबको लागि १ सय ३६ ले स्वीकृति लिएका छन् । यस्तै अफगानिस्तान २, बहराइन ९ , बुर्किना फासो १, कोस्टारिका १३, जापान ७, कुवेत १२, मलेसिया ८, माल्दिभ्स ५, नेदरल्यान्ड २, ओमान ८, फिलिपिन्स १, पोल्यान्ड २, कतार ५८, चेक गणतन्त्र १, श्रीलंका ५, टर्की १ र यूएई जानको लागि १ सय १६ जनालाई पुनः श्रम स्वीकृति प्रदान गरेको कार्यालयले जनाएको छ ।

1

Scroll to Top