Banijya News

सन्राइज बैंकका ग्राहकले बैंकको एप प्रयोग गरी बस र हवाई टिकटमा विशेष छुट पाउने

1
1.0K Shares

असोज २७, काठमाडौं ।
सनराइज बैंकका ग्राहकले बस र हवाई टिकटमा छुट पाउने भएका छन । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ अभियानलाई आत्मासाथ गर्दै बैंकले चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको हो ।

सन्राइज् बैंकका ग्राहकहरुले बैंकको एप प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुई पटकको कारोबारमा प्रति बस टिकट २०० र हवाई टिकटमा प्रति टिकट ३०० का दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको जनाएको छ । यो योजना असोज २५ देखि कार्तिक ११ गते सम्मको लागी रहेको बैंकले जनाएको छ ।

1

Scroll to Top