Banijya News

मोबाइल तस्करीमा संलग्न दुई ब्यापारी विरुद्ध झन्डै ८६ करोड बिगोसहित मुद्दा दर्ता

1
1.0K Shares

असोज २८, काठमाडौं ।
मोबाइल फोन, मेमोरी कार्डलगायत सामग्रीको अवैध कारोबार गरी राजस्व छली गर्ने कार्यमा संलग्न दुई जना व्यापारी विरुद्ध झन्डै ८६ करोड बिगोसहित मुद्दा दर्ता गरिएको छ ।

राजस्व अनुसन्धान विभागले जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिस प्रालि र श्री श्याम इ्रम्पेक्स प्रालिका सञ्चालक मोहन वंशल र गोविन्द वंशलविरूद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

दुवैलाई ८५ करोड ९५ लाख २२ हजार ७ सय २७ रुपैयाँ बिगो र बिगोको तीन गुणा जरिवाना तथा तीन वर्ष कैद सजाय माग गरिएको विभागले जनाएको छ । उनीहरूविरूद्ध भन्सार चोरी पैठारी गरेका वस्तुहरूको भुक्तानीका लागि गैरकानुनी रूपमा विदेशमा पैसा पठाई विदेशी विनिमय अपचलन गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो ।

यस्ता मालवस्तु तेश्रो मुलुकबाट नेपाल सरहदभित्र ल्याउँदा विदेशी मुद्रा भुक्तानी नगरी ल्याउन नसकिने देखिँदा ठूलो मात्रामा विदेशी मुद्रा गैरकानुनी तवरले विदेश पठाएर विदेशी विनिमय अपचलन गरेको विभागको अनुसन्धान छ ।

1

Scroll to Top