Banijya News

यस वर्ष पूर्वराजा ज्ञानेन्द्र, राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैँमा टीका लगाइदिने कार्यक्रम स्थगित

1
1.0K Shares

०१ कार्तिक, काठमाण्डौ ।


यस वर्ष पूर्वराजा ज्ञानेन्द्र, राष्ट्रपति, उपराष्ट्रपति तथाा प्रधानमन्त्री जस्ता विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैँमा टीका लगाइदिने कार्यक्रम स्थगित हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष कोरोनाका कारण एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट गर्न बर्जित गरेपछि भीडभाड हुने टीकाको कार्यक्रम स्थगित भएको हो ।
तर राष्ट्रपति कार्यालयले भने यो विषयमा निर्णय गर्न बाँकी छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यो वर्ष ओलीको हातबाट लगाउने टीकाको कार्यक्रम स्थगित भएको बताएका छन् ।
यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको दशैँमा सर्वसाधारणलाई मात्र नभएर आफ्ना कर्मचारीलाई समेत टीका लगाइदिने कार्यक्रम स्थगित गरेका छन् । उनको दशैँको टीका मात्र नभएर शक्तिपीठ दर्शन र पूजापाठलगायत सबै कार्यक्रम स्थगित भएको स्रोतले जनाएको छ ।

1

Scroll to Top