Banijya News

थप ३१६७ जनामा कोरोना संक्रमण,नेपालमा संक्रमित संख्या १२९३०४ जना पुग्यो

1
1.0K Shares

पछिल्लो २४ घण्टायता नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि भएको बताए। यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १२९३०४ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुनेको संख्या १८०० जना छ। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ८९८४० जना पुगेको छ।

आजको पीसीआर १५४३८ रहेको छ। मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ३८७३७ जना रहेको छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १३२९९ जना र होम आइसोलेसनमा २५४३८ जना रहेका छन्। हाल क्वारेन्टिनमा ४७१७ जना रहेका छन्। आईसीयूमा २९० र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

1

Scroll to Top