०३ कार्तिक, काठमाण्डौ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ७५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७५७ पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ।


