Banijya News

बजार खुलेको केही मिनेटभित्रै सर्वोत्तमको सेयरमूल्यमा लाग्यो अपर सर्किट

1
1.0K Shares

 

आजपनि सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा अपर सर्किट लागेको छ ।
पहिलो र दोश्रो दिनझै तेश्रो कारोबार दिन पनि बजार खुलेको केही मिनेटभित्रै  सर्वोत्तमको सेयरमा उच्च खरीदचाप देखिएपछि अपर सर्किट लागेको हो ।

सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७३९.९० रुपैयाँ पुगेको छ । आज मात्रै प्रतिकित्ता ६७.२० रुपैयाँले मूल्य बढेको हो ।

यो कम्पनीले नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको थियो । सर्वसाधारणलाई अंकित मूल्यमा २६०.९० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ३६०.९० रुपैयाँमा आईपीओ बिक्री गरिएको थियो ।

आईपीओमा मागभन्दा निकै धेरै आवेदन परेको थियो । परेका आवेदनहरुमध्येबाट चिठ्ठा विधिबाट लगानीकर्ताले ५० कित्ताको दरले सेयर पाएका थिए ।

यो कम्पनीको सेयरमूल्यमा उच्च खरीद चाप देखिएकाले मूल्य अझै माथि पुग्ने सम्भावना देखिन्छ ।

 

1

Scroll to Top