Banijya News

पुँजीगत लाभकर २४.९ प्रतिशत कम, ३६ करोड २७ लाख रुपैयाँ संकलन

1
1.0K Shares

धितोपत्र दोस्रो बजारबाट वैशाख महिनामा कुल ३६ करोड २७ लाख ४२ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार वैशाख महिनामा संकलित पुँजीगत लाभकर चैतको तुलनामा २४.९ प्रतिशत कम हो ।

चैत महिनामा ४८ करोड ३४ लाख ३९ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । वैशाख महिनामा कुल ५४ अर्ब ९१ करोड रुपैयाँ बराबरको धितोपत्र दोस्रो बजारबाट कारोबार भएको छ । सो कारोबारका क्रममा लगानीकर्ताले नाफा लिएर बेचेको धितोपत्रबाट ३६ करोड २७ लाख कर संकलन भएको हो ।

बजारमा हुने धितोपत्र कारोबारमा १ वर्षभन्दा कम समय सेयर होल्ड गरेर बेच्दा नाफाबाट ७.५ प्रतिशत तथा १ वर्षभन्दा बढी अवधि सेयर होल्ड गरेर बेच्दा नाफा रकमबाट ५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ ।

वैशाख महिनामा अल्पकालीन कारोबारीबाट १८ करोड ४३ लाख ६१ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ भने दीर्घकालीन लगानीकर्ताबाट ११ करोड ४३ लाख ७१ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तै संस्थागत लगानीकर्ताबाट ६ करोड ४० लाख रुपैयाँ संकलन भएको छ ।

1

Scroll to Top