Banijya News

सहसचिव सेवन्तक पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

1
1.1K Shares

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षका रूपमा काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो।

यसअघि, नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शरद ओझामाथि उजुरी परेपछि मन्त्रिपरिषद्ले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समिति गठन भएसँगै ओझा स्वतः निलम्बनमा परेका थिए।

यसैबीच, छानबिन समितिका अध्यक्ष गिरी र सदस्यद्वय जीवनप्रकाश सिटौला तथा कपिलदेव ओलीले आज (मंगलबार) पत्र बुझेका छन्।

1

Scroll to Top