सरकार बजेट अधिवेशनको तयारीमा लागेको छ । बजेट निर्माणको समय भएकाले अव दुबै सदनमो अन्त्य गर्नुपर्ने हुन्छ । यसको लागि राष्ट्रपति पौडेलले आज सदनको संयुक्त बैठकलाई सम्बोधन गर्देछन् । आजैदेखि दुवै सदनको बैठक पनि अन्त्य हुने संसद सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार दिउँसो ३ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था छ । आजै रातिदेखि संघीय संसद्को दुवै सदनको चालु अधिवेशन पनि अन्त्य हुने भएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ ।


