Banijya News

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड, १ लाख ४६ हजार बढी ननग्रेडेड

1
1.0K Shares

राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थी ननग्रेडेड भएका छन्।

बोर्डका अनुसार कुल ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीमध्ये २ लाख ८४ हजार १६० जना विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। नतिजामा उच्च जीपीए ल्याउने विद्यार्थीको संख्या उल्लेख्य देखिएको छ।

यस वर्ष ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२ रहेको छ। त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने ८० हजार ३७२ जना तथा २.८० देखि ३.२० जीपीए ल्याउने ९४ हजार २२२ जना विद्यार्थी रहेका छन्।

त्यसैगरी, २.४० देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थी ५५ हजार ९७७ जना छन् भने २.०० देखि २.४० जीपीए ल्याउने ५ हजार १९० जना रहेका छन्। सबैभन्दा कम अर्थात् १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थी संख्या केवल ७ रहेको बोर्डले जनाएको छ।

यस वर्षको नतिजाले ठूलो संख्यामा विद्यार्थी ननग्रेडेड भएको तथ्य पनि उजागर गरेको छ। कुल १ लाख ४६ हजार ५०७ विद्यार्थीले आवश्यक न्यूनतम मापदण्ड पूरा गर्न नसक्दा ननग्रेडेड भएका हुन्।

विशेष कुरा के छ भने, परीक्षा सञ्चालन भएको करिब एक महिनामै नतिजा सार्वजनिक गरिएको हो। यसलाई परीक्षा व्यवस्थापन र नतिजा प्रकाशन प्रक्रियामा भएको सुधारका रूपमा हेरिएको छ।

1

Scroll to Top