त्रिपुरेश्वरस्थित चोकको बस स्टप अगाडि बसमा आगलागी भएको छ । आगलागी हुँदा बसका चालक समेत घाइते भएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गर्दै बसका चालक घाइते भएको जानकारी दिए । उनका अनुसार बस चालक आफैले आगो लगाएको आसंखा गरिएको छ । आगलागी भएको बस नम्बर बा ५ ख ४२७४ हो । बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा रहेको प्रहरीले बताएको छ । उनी बसभित्रै रहेका बेला आगलागी भएकाले घटना संकास्पद रहेको प्रहरीको भनाई छ । घाइते चालकलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
बस आगलागीमा परी घाइते भएका चालको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)का वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको छ । ‘उहाँको स्वास्थ्य अवस्था गम्भीर छ‘ उनले भने।

