कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार नेपाली ठूलो गोलभेँडाको अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ, सानो गोलभेँडा ४० रुपैयाँ, रातो आलु ६० रुपैयाँ र सेतो आलु ३२ रुपैयाँ रहेको छ ।
त्यस्तै, प्याज प्रतिकिलो ९० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, तराईको गाजर ८० रुपैयाँ, बन्दा ४० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ र तराईको काउली ३० रुपैयाँ रहेको छ ।
मूला प्रतिकिलो ४० रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ, डल्लो भन्टा ६० रुपैयाँ, बोडी ८० रुपैयाँ, मटरकोशा १३० रुपैयाँ, घिउ सिमी ६० रुपैयाँ र तितो करेला ८० रुपैयाँ तोकिएको छ ।
लौका प्रतिकिलो ५० रुपैयाँ, परवर ८० रुपैयाँ, चिचिण्डो र घिरौला ४० रुपैयाँ, झिगुनी ७० रुपैयाँ, पाकेको फर्सी ७० रुपैयाँ, भिण्डी ९० रुपैयाँ र सखरखण्ड ९० रुपैयाँ रहेको छ ।
सागमध्ये पालुङ्गो प्रतिकिलो १२० रुपैयाँ, चमसुर र मेथीको साग १५० रुपैयाँ, रायो तथा तोरीको साग ५० रुपैयाँ र हरियो प्याज २५० रुपैयाँ रहेको छ ।
यसैगरी फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ, जुम्लाको स्याउ ३५० रुपैयाँ, मुस्ताङको स्याउ २५० रुपैयाँ, केरा प्रतिदर्जन १५० रुपैयाँ, कागती ३०० रुपैयाँ र अनार ३५० रुपैयाँ रहेको छ ।
त्यस्तै, भारतीय सुन्तला प्रतिकिलो २०० रुपैयाँ, मौसम २०० रुपैयाँ, जुनार २०० रुपैयाँ, तरबुजा ८० रुपैयाँ, किवी ३०० रुपैयाँ, ड्रागन फ्रुट ५०० रुपैयाँ र एभोकाडो ३०० रुपैयाँ रहेको छ ।
मसला तथा अन्य कृषि उपजमा अदुवा प्रतिकिलो १०० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो अकबरे खुर्सानी २०० रुपैयाँ, हरियो धनियाँ १५० रुपैयाँ र सुकेको नेपाली लसुन २६० रुपैयाँ रहेको समितिले जनाएको छ ।


