Banijya News

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर खरीद गर्ने म्याद थप

1
1.1K Shares

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले असार २५ गतेदेखि निष्कासन गरेको ४२ प्रतिशत हकप्रद शेयर खरीद गर्ने अवधि लम्बिएको छ । यस अघि साउन १३ गतेसम्मको निष्कासन अवधि तय भएकोमा माग बमोजिम आवेदन नपरेपछि साउन २० गतेसम्मको निष्कासन अवधि तय भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँको आधारमा ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गरको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्कासनमा आएको हो ।

यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ १६ गते एक दिन बुक क्लोज गरिएकाले जेठ १५ गते सार्वजनिक विदा परेकाले जेठ १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

1

Scroll to Top