Banijya News

सिटिजन लाइफले गर्‍यो २० प्रतिशत लाभांश पारित

1
1.1K Shares

सिटिजन लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभाले सेयरधनीहरूलाई ५ अर्ब चुक्ता पुँजीको २० प्रतिशत (१ अर्ब रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू स्वीकृत गरेको छ। कम्पनीले सभा सम्पन्न भएकै दिन देखि सेयरधनीको खातामा लाभांश पठाउन सुरु गरेको जनाएको छ।

सभाले आगामी वर्षका लागि एसएआर एशोसिएट्सलाई लेखा परीक्षक नियुक्त गर्नुका साथै स्वतन्त्र सञ्चालकको नियुक्ति र सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरू समेत अनुमोदन गरेको छ। समयमै साधारण सभा र लाभांश वितरण गरेर कम्पनीले पारदर्शिता पुष्टि गरेको छ।

1

Scroll to Top