Banijya News

आईएमई लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग

1
1.0K Shares

आईएमई लाइफ इन्स्योरेन्सले समता एजुकेशन फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ । कम्पनीले सो फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त कम्पनीहरुलाई सहयोग गरिएको कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । सोही प्रतिबद्धताको निरन्तरतास्वरूप प्रदान गरिएको उक्त सहयोग रकम कैलाली, दोलखा र सिन्धुली जिल्लामा सञ्चालित समता एजुकेशन फाउन्डेसन अन्तर्गतका विद्यालयहरूको शैक्षिक गतिविधि सुदृढीकरण तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा परिचालन गरिने जनाएको छ ।

समता एजुकेसन फाउन्डेसनले विगत लामो समयदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ । आईएमई लाइफ इन्स्योरेन्सको यस सहयोगले फाउन्डेसनका शैक्षिक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन तथा भविष्यमा अझ बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

1

Scroll to Top