Banijya News

अमेरिकामा कोरोनाको औषधि परीक्षण शुरु

1
1.1K Shares

अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोना भाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग गर्न स्वीकृत गरेको छ ।
अव कोभिड–१९ को गम्भीर लक्षण देखिएर अस्पताल भर्ना भएका बिरामीहरूमा उक्त एन्टीभाइरल औषधि प्रयोग गर्न सकिने भएको वीवीसीले समाचार लेखेको छ
एफडीएको आपत्कालीन अनुमति भएकोले यो औपचारिक अनुमति भने होइन । औपचारिक अनुमतिका लागि थप अध्ययन आवश्यक पर्छ ।

विज्ञहरूले भने इबोलाको उपचारका लागि विकास गरिएको र अमेरिकी कम्पनी गिलियडले उत्पादन गर्ने औषधि कोरोनाभाइरसविरुद्ध अचूक औषधि नभएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा गिलियडका प्रमुख कार्यकारी डानियल ओडेले एफडीएको स्वीकृती महत्तपूर्ण पहिलो कदम भएको बताए । उनले कम्पनीले उक्त औषधिको १५ लाख मात्रा सहयोगमा दिने पनि बताए । राष्ट्रपति ट्रम्पले शुरूदेखि नै कोरोनाभाइरस सङ्क्रमण उपचारमा रेम्डेसिभिरको समर्थन गर्दै आएका छन् ।


यूएस न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले १,०६३ जनामाथि गरेको एक अध्ययनले त्यो औषधि प्रयोग गर्दा बिरामीमा कोरोनाभाइरस सङ्क्रमण भएपछि विकसित भएका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरेको छ ।
तर रेम्डेसिभिरले निको हुन सहयोग गर्ने र मानिसहरूलाई सघन उपचार कक्षको उपचार आवश्यक नपर्ने बनाउन सक्ने देखिए पनि मृत्युबाट बचाउने स्पष्ट आधार भने नदेखिएको बताइएको छ ।

1

Scroll to Top