Banijya News

भारतमा रासायनिक प्लान्टमा ग्यास चुहावट हुँदा आठको मृत्यु

1
1.1K Shares


काठमाडौं, २५ वैशाख ।
भारतको आन्ध्र प्रदेशको विशाखापटनममा रहेको रासायनिक प्लान्टमा बिहीबार बिहान ग्यास चुहावट हुँदा आठ जनाको मृत्यु भएको भारतीय संचार माध्यम आजतकले जनाएको छ ।
ग्यास चुहावट हुँदा तीन जनाको घटनास्थलमै र ५ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

लजी पोलिमर्स इन्डिया प्रालिको केमिकल प्लान्टबाट बिहीबार बिहान २ः३० बजे ग्यास चुहावट भएको हो । लकडाउनपछि काम सुरु भएको प्लान्टबाट एक्कासी ग्यास लिक हुँदा आगलागी भएको थियो ।

1

Scroll to Top