सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना महामारीले विश्वको अर्थतन्त्रलाई दशकौ पछि धकेल्ने चेतावनी दिएका छन् । उनले कोरोनाले लकडाउन, मानवीय क्षति , व्यापार र औद्योगिक क्षेत्र प्रभावित , पर्यटन क्षेत्र प्रभावित हुदाँ अर्थतन्त्र साघुरिएको बताएका छन् ।
उनले आर्थिक विकासलाई यस महामारीले दशकौ पछाडी धकेल्ने भन्दै यसबाट १० करोड मानिस चरम गरिबीमा पुग्न सक्ने चेतावनी दिएका छन् । उनले सन् १८७० पछि प्रतिव्यक्ति आय सबै भन्दा तल पुगेको पनि बताए । एजेन्सी


