Banijya News

३४६० मिटर उचाइमा रहेको भेडीखर्कमा भयो पुस्तक विमोचन

1
1.2K Shares

फागुन १८,काठमाण्डौ ।
पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ विमोचन गरिएको छ । लाङटाङ सद्भावना दूतसमेत रहेका सिलवालको उक्त पुस्तक फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३४६० मिटर उचाइमा रहेको भेडीखर्कमा सामुहिक विमोचन गरेका हुन् ।


फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा लेखक सिलवाल, नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य महत, रसुवा–नुवाकोट पर्यटन समाजका कार्यवाहक अध्यक्ष लामिछाने, गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष अम्बिर गुरुङ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका द्धितिय उपाध्यक्ष गोपाल थापा, ट्रेकिङ एजेन्सिज् एशोसिएसन (टान)का कोषाध्यक्ष ऋतु ग्यामदानलगायत ३० पदयात्री सहभागी थिए ।
पुस्तक विमोचनमा सहभागी एक्सप्लोरेशन ट्रिपमा पदयात्री समूह एक्कासी परेको भारी हिमपातका कारण भेडीखर्कबाट फर्किएको थियो ।
टुर–ट्रेकिङ गाइड तथा ट्रेकिङ प्रशिक्षकसमेत रहेका सिलवालले श्रीलंका प्रेस एशोसिएसन (एसएलपिए)को ६३औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथीका रुपमा एक हप्ता श्रीलंकामा रहँदाको आफ्नो अनुभव पुस्तक मार्फत् लेखेका छन् ।

1

Scroll to Top