Banijya News

बैंक तथा वित्तीय संस्थाहरुको चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

1
1.1K Shares

बैंक तथा वित्तीय संस्थाले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ महिनाको लागि अघिल्लो महिना नै ब्याजदर तोकिसक्नुपर्ने नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले यस्तो ब्याजदर सार्वजनिक गरेका हुन् । यसमध्ये अधिकांश १७ वटा बैंकहरुको ब्याजदर घटेको छ । दुई बैंकको ब्याजदर बढ्दा एउटा बैंकको ब्याजदर स्थिर रहेको छ ।

चैतका लागि ब्याजदर बढाउने बैंक एनआईसी एसिया हो । सो बैंकले व्यक्तिगत मुद्दतीमा ०.२५ प्रतिशत र संस्थागत मुद्दतीमा १.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । बैंकमाथि विश्वास कम भएर पूँजी पलायन भएपछि संस्थागत निक्षेपकर्तालाई आकर्षित गर्न बैंकले ब्याजदर बढाएको देखिएको हो ।

आगामी महिनाका लागि व्यक्तिगत मुद्दतीमा ग्लोबल आईएमई बैंक र प्रभु बैंकले ब्याजदर स्थिर राखेका छन् । संस्थागतमा भने प्रभु बैंकले ब्याजदर स्थिर राख्दा ग्लोबल आईएमईले बढाएको छ । बाँकी १७ बैंकले भने चैत महिनाको लागि सबैजसो खाताको ब्याजदर घटाएका छन् ।

 

1

Scroll to Top