Banijya News

वैकल्पिक शक्तिहरूलाई एकजुट हुन रास्वपाको आह्वान

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै वैकल्पिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ ।
जेन जेड आन्दोलनपश्चात् विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवादपछि मंगलबार बसेको सचिवालय बैठकले सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन सबै वैकल्पिक शक्तिहरूलाई एकजुट हुन आह्वान गर्ने निर्णय गरेको हो ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार पार्टीको केन्द्रीय समितिको यही ३ मंसिरमा बसेको बैठकको निर्देशानुसार सबै वैकल्पिक शक्तिहरूलाई एकजुट बनाउने गरी अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय समेत भएको छ । साथै बैठकले अन्य निर्णय समेत गरेको छ ।

1

Scroll to Top