Banijya News

सामान्य बढ्यो सुनको मुल्य

1
1.1K Shares

स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर तीन लाख नौ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तीन लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य आज पाँच रुपैयाँले घटेर प्रतितोला पाँच हजार २६५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य पाँच हजार २७० रुपैयाँमा किनबेच भएको थियो।

1

Scroll to Top