Banijya News

सेबोनको नेतृत्व सम्हालेसँगै सम्पत्ति शुद्धीकरण निवारण सचेतना गर्ने पहिलो निर्णयसहित डा. भट्ट

1
1.0K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) को नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबारदेखि आफ्नो औपचारिक कार्यभार सम्हालेका छन । गत असार ५ गतेको मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका भट्टले अर्थ मन्त्रालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै बोर्ड पुगेर जिम्मेवारी लिएका हुन । यसअघिका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले वैशाख ४ गते राजीनामा दिएपछि यो पद रिक्त रहेको थियो।

पदभार ग्रहण गरेसँगै अध्यक्ष भट्टले ुसम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी सचेतना कार्यक्रमु सञ्चालन गर्ने आफ्नो पहिलो निर्णय गरेका छन । समारोहमा उनले विगतका सुधारका सिफारिसहरू कार्यान्वयन गर्दै पुँजी बजारलाई थप पारदर्शी, सुदृढ र लगानीकर्तामैत्री बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

यसैबीच, शपथ ग्रहणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ अध्यक्षलाई कुनै पनि प्रलोभन वा दबाबमा नपरी बजारको स्थायित्व र साना लगानीकर्ताको हितमा काम गर्न निर्देशन दिएका छन । साथै, बजारमा फैलाइने अनावश्यक हल्ला र त्रासलाई नियन्त्रण गर्दै दीर्घकालीन सुधारका योजना बनाउन समेत वाग्लेले आग्रह गरेका छन ।

1

Scroll to Top