महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँचजना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै ३२ वर्षदेखि सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरूका संस्थापक अध्यक्षहरू स्व. लक्ष्मण बाबु श्रेष्ठ, स्व. हरिप्रसाद गिरी, स्व. अशोक श्रेष्ठ, स्व. नवराजबहादुर सिंह र स्व. सीताराम प्रसाईंको स्मृतिमा स्थापित छात्रवृत्तिहरू वितरण गरिएको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत, जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा सहयोग पर्ं्याउने उद्देश्यले प्रतिविद्यार्थी ५० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको बैंकले जनाएको छ ।
अभावकै कारण अध्ययनबाट वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ । हाल यस बैंकले देशभर रहेका शाखाहरूमार्फत आठ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।


