प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले ऊर्जा क्षेत्रका विद्यमान समस्याहरू पहिचान गरी समाधानको उपाय खोज्न आज शुक्रबार ऊर्जा व्यवसायीहरूलाई छलफलका लागि बोलाएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे तय भएको यस बैठकमा जलविद्युत तथा ऊर्जा क्षेत्रका समग्र विकास र चुनौतीका विषयमा गहन विमर्श हुने एक व्यवसायीले जानकारी दिएका छन्।
निजी क्षेत्रको मनोबल उच्च बनाउन र देशको आर्थिक मुद्दाहरूलाई सम्बोधन गर्न प्रधानमन्त्री शाहले विगत दुई दिनदेखि निरन्तर विभिन्न सरोकारवालाहरूसँग संवाद गरिरहेका छन। यसै क्रममा उनले बुधबार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरू तथा बिहीबार नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन ।


