Banijya News

सुनको मुल्यमा सामान्य वृद्धि

1
1.0K Shares

नेपाली बजारमा आज आइतबार सुनको मुल्यमा वृद्धि देखिएको छ । गत शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो ।

गत शुक्रबार प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८८ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदी ३५ रुपैयाँले घटेर ४ हजार ४७५ कायम भएको महासंघले जनाएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार १४५ र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

1

Scroll to Top