Banijya News

दुई लघुबीमा कम्पनीका अध्यक्षहरूले लिए शपथ

1
1.1K Shares

नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले दुई छुट्टाछुट्टै लघुबीमा कम्पनीका नवनियुक्त अध्यक्षहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी छन । प्राधिकरणको कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा आयोजित समारोहमा अध्यक्ष पौडेलले लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष पुण्य प्रसाद पराजुली र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष बेगम के।सी। लाई पद तथा गोपनीयताको शपथ गराएकी हुन ।

उक्त विशेष अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीका साथै सम्बन्धित माइक्रो इन्स्योरेन्स लिमिटेडका अन्य उच्च पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। नयाँ नेतृत्वको आगमनसँगै आगामी दिनमा लघुबीमा व्यवसायको प्रवर्द्धन र पहुँच विस्तारमा थप योगदान पुग्ने विश्वास लिइएको छ।

1

Scroll to Top