Banijya News

सहकारी पीडितको माइतीघरमा प्रदर्शन: समान रूपमा बचत फिर्ता गर्न माग

1
1.0K Shares

सहकारी पीडित वचतकर्ता महासंघको नेतृत्वमा माइतीघरमा समान रूपमा बचत फिर्ताको माग गर्दै सहकारी पीडितहरूले प्रदर्शन गरेका छन्। सरकारले साना र ठूला बचतकर्ताबीच विभेद सिर्जना गरी आन्दोलनलाई कमजोर बनाउन खोजेको उनीहरूको मुख्य आरोप छ।

महासंघका अध्यक्ष कुशलभ केसीले सरकारलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएको बताए। उनले विगतमा गरिएका सम्झौता तत्काल कार्यान्वयन नगरेमा आगामी दिनमा थप सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। सरकारले हाल ठूला ऋणीबाट कर्जा असुली गरी साना बचतकर्ताको रकम मात्र फिर्ता गर्ने रणनीति लिएको छ। तर, पीडितहरूले सबै बचतकर्ता समान रहेकाले कुनै पनि किसिमको विभाजनकारी नीति नल्याई सबैलाई समान रूपमा न्याय दिनुपर्ने माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले सहकारी सञ्चालकहरूको फोटोसहित व्यानर टाँगेका थिए। साथै, ‘पीडितलाई न्याय दिइयोस्, फुटाउने षड्यन्त्र नगरियोस्’ र ‘साना र ठूला बचतकर्तालाई समान व्यवहार गरियोस्’ लगायतका नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।

1

Scroll to Top