Banijya News

तुलसी सहकारीका ३७७ ऋणीको सूची सार्वजनिक

1
1.1K Shares

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालै समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। संस्थाको उपलब्ध ऋण विवरणका आधारमा यो सूची बाहिर ल्याइएको समितिले जनाएको हो।

यस प्रक्रियामा विगतमै आफ्नो ऋण चुक्ता गरिसकेका तर गल्तीवश सूचीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ। त्यसैगरी, ऋण तिर्न बाँकी रहेका सम्पूर्ण ऋणीहरूलाई तुरुन्त समितिको कार्यालयमा सम्पर्क गरी रकम चुक्ता गर्न सूचित गरिएको छ।

तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा प्रचलित कानुनबमोजिम कडा असुली प्रक्रिया अगाडि बढाइने चेतावनी समेत समितिले दिएको छ। विशेष गरी सहकारीको फसेको रकम फिर्ता गराउने र पीडित बचतकर्ताहरूको हित संरक्षण गर्ने मुख्य उद्देश्यका साथ यो ऋणी विवरण सार्वजनिक गरिएको समितिले स्पष्ट पारेको छ।

1

Scroll to Top