Banijya News

शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता

1
1.0K Shares

 समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप ५६ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिकाअनुसार ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमको आधारमा बचत फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको छ। हालसम्म शिव शिखर सहकारीका करिब एक हजार चार सय बचतकर्ताले आफ्नो बचत फिर्ता पाइसकेका छन्।

समितिले पहिलो चरणमा न्यून रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिँदै रकम वितरण गरेको जनाएको छ। आगामी दिनमा पनि बचत रकमको आधारमा बचतकर्तालाई वर्गीकरण गरी चरणबद्ध रूपमा रकम फिर्ता गरिने बताइएको छ।

सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त हुने रकम नै कानुनी व्यवस्थाअनुसार सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने व्यवस्था कार्यान्वयन भइरहेको स्पष्ट पारेको छ।

समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनको प्रक्रिया निरन्तर सञ्चालन भइरहेकाले त्यसबाट प्राप्त रकम बचतकर्तालाई कानुनबमोजिम क्रमशः वितरण गरिनेछ।

1

Scroll to Top